काठमाडौं - यस साता सुनको मूल्य १० हजार ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यो साता तिन कारोबार दिन सुनको मूल्यमा गिरावट आएको थियो भने तिन दिन घटेको थियो ।
यस साता सुनको मूल्य आइतबार सोमबार र मंगलबार घटेको थियो भने बुधवार बढेको थियो । त्यस्तै, बिहीबार र शुक्रवार सुनको मूल्यले नयाँ रेकर्ड समेत बनाएको थियो ।
नेपाली बजारमा आइतबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँले घटेर १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको थियो। मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, बुधवार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो । बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ७०० रुपैयाँले बढेर एक लाख ८१ हजार १०० रुपैयाँ कायम भएको थियो । शुक्रवार सुनको मूल्य तोलामा ३ हजार ९०० रुपैयाँले बढेर १ लाख ८५ हजार रुपैयाँ कायम भएको थियो ।
यस साता चाँदीको मूल्य १०५ रुपैयाँले बढेको छ । आइतबार घटेको चाँदीको मूल्य सोमबार बढेको थियो भने मंगलबार स्थिर रहेको थियो । त्यस्तै मंगलबार बुधवार र शुक्रवार चाँदीको मूल्य बढेको थियो ।
आइतबार चाँदीको मूल्य ७० रुपैयाँले घटेर १८०० कायम भएको थियो । सोमबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १८३० कायम भएको थियो । मंगलबार भने चाँदीको मूल्य भने स्थिर रहेको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्य ५ रुपैयाँले बढेर एक हजार ८३५ रुपैयाँ कायम भएको थियो । बिहीबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर एक हजार ९०० रुपैयाँ कायम भएको थियो । शुक्रवार चाँदीको मूल्य ५ रुपैयाँले बढेर तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया