सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

आइतबार, ३१ चैत्र २०८१, १० : ५६

काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ८६ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य ५५  रुपैयाँले बढेको छ । शुक्रवार १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार १९ सय ६० रुपैयाँ कायम भएको हो ।
 
 

आइतबार, ३१ चैत्र २०८१, १० : ५६

प्रतिक्रिया