एनसेल एनएसएलः बुटवल लुम्बिनीलाई हराउँदै ललितपुर प्लेअफमा

आइतबार, ३१ चैत्र २०८१, ११ : ०३

काठमाडौं- एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता–२०२५ अन्तर्गत ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गरेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा जित निकालेसँगै ललितपुर प्रतियोगिताको प्लेअफमा पुगेको छ ।

शनिबारको खेलको २३औँ मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङले पहिलो गोल गरे भने खेलको ८८औँ मिनेटमा सन्तोष खत्रीले दोस्रो गोल गरे। जितसँगै पाँच खेलबाट ११ अंक बटुल्दै ललितपुर तालिकाको शीर्ष स्थानमा रहेको छ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको बुटवलले पहिलो खेल बराबरी खेल्दा बाँकी चार खेलमा हारेको थियो । तालिकाकोे पुछारमा रहेको बुटवलको प्लेअफ यात्रा टुंगिएको छ । 

आइतबार, ३१ चैत्र २०८१, ११ : ०३

प्रतिक्रिया