कुवेतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

आइतबार, ३१ चैत्र २०८१, ११ : ३६

काठमाडौं - हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खलाको उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै छन् । केही बेरअघि हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भएको टसमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ । 

शनिवार भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको थियो । शनिवार टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो ।

हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदै पानी परेपछि खेल अवरुद्ध भएको थियो । त्यसपछि दुवै टोलीले एक÷एक अंक बाँडेका थिए । पाँच अंकका साथ नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो । 

नेपालले आफ्नो पहिलो खेलमा गत बुधवार कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । कुवेतले भने शनिवार बिहान भएको खेलमा कतारलाई ६ विकेटले हराउँदै ४ अंकसहित फाइनलमा पुगेको हो । 
 

आइतबार, ३१ चैत्र २०८१, ११ : ३६

प्रतिक्रिया