चारदेशीय टी–२०आई सिरिज: उपाधिका लागि नेपाललाई १७५ रनको लक्ष्य

आइतबार, ३१ चैत्र २०८१, १३ : ०२

काठमाडौं- हङकङमा जारी चारदेशीय टी २०आई प्रतियोगिताको उपाधिका लागि नेपालले १७५ रनको लक्ष्य पाएको छ ।

मोङ कोकमा जारी फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको कुवेतले पूरा २० ओभर खेलेर ७ विकेटको क्षतिमा १७४ रन बनाएको हो ।

कुवेतका लागि रविजा सन्द्रावनले सर्वाधिक ६३ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले दुई/दुई तथा करण केसी र कुशल भुर्तेलले एक/एक विकेट लिए ।

आइतबार, ३१ चैत्र २०८१, १३ : ०२

प्रतिक्रिया