यू–१९ विश्वकप एसिया छनोट: नेपालको दोस्रो जित

सोमबार, ०१ बैशाख २०८२, १४ : ११

काठमाडौं- आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो । नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो ।

ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि शाहिल पटेलले ४४ र निरजकुमार यादवले ४६ रन बनाए । नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे । ओमानका लागि सौम्या भाविन सम्पतले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको थियो । 

ओमानका लागि जित व्रजेश शाहले ७८ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए । नेपालका लागि युवराज खत्रीले ७ ओभरमा १५ रन खर्चेर २ मेडनसहित ५ विकेट लिए । सन्तोष यादवले २ तथा दयानन्द मन्डल, अप्रजित पौडेल र अशोक पौडेल १–१ विकेट लिए ।

अब अर्को खेलमा नेपालले बुधबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

सोमबार, ०१ बैशाख २०८२, १४ : ११

प्रतिक्रिया