काठमाडौं- नेपाली बजारमा नयाँ बर्ष २०८२ सालको कारोबारको पहिलो दिन मंगलबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ । मंगलबारयससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३ सय रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आइतबार १९ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १९ सय ४५ रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया