एनसेल एनएसएलः झापालाई पराजित गर्दै धनगढी क्वालिफायरमा

मंगलबार, ०२ बैशाख २०८२, ११ : १९

काठमाडौं– एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा धनगढी एफसीले क्वालिफायरमा स्थान बनाएको छ। झापालाई १(० ले पराजित गर्दै धनगढीले पहिलो क्वालिफायर ललितपुरसँग खेल्ने पक्का भएको हो।

५ खेलमा‌ धनगढी र ललितपुरको समान ११ अंक भएको छ। बाँकी खेलको नतिजाले अब शीर्ष दुईमा अन्य टिमको सम्भावना नरहेपछि अब धनगढी र ललितपुरमध्ये एक टिम फाइनल खेल्ने पक्का भएको छ।

धनगढीको जितमा अहमद हिजाजीले गरेको एक मात्र गोल निर्णायक बन्यो। झापाले भने गोल गर्ने मौका पाए पनि गोल गर्न असफल भएको थियो। 

अपराजित धनगढीले पाँच खेलमा तीन जित र दुई बराबरीसँगै ११ अंक बनाएको छ। पाँच खेल खेलेको झापासँग ४ अंक रहेको छ। यसअघि लगातार चार खेल बराबरी गरेको झापाको यो पहिलो हार हो।

लिग चरणको अन्तिम खेलमा धनगढीले चितवन एफसीको र झापाले अन्तिम खेलमा ललितपुर सिटी एफसीको सामना गर्दै छ। आज बुटवल लुम्बिनी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ।

मंगलबार, ०२ बैशाख २०८२, ११ : १९

प्रतिक्रिया