भारतका श्रेयस अय्यर बने आईसीसी प्लेअर अफ द मन्थु

मंगलबार, ०२ बैशाख २०८२, १५ : २८

काठमाडौं – भारतका मध्य–क्रमका ब्याटर श्रेयस अय्यर मार्च महिनाका लागि आईसीसीको उत्कृष्ट पुरुष खेलाडी बनेका छन् । न्युजिल्यान्डका ज्याकब डुफी र रचिन रविन्द्रलाई पछि पार्दै अय्यर आईसीसी प्लेअर अफ द मन्थु बनेका हुन् ।

आईसीसी च्याम्पियन्स ट्रफीमा भारतलाई उपाधि जिताउनका लागि ३० वर्षीय अय्यरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले प्रतियोगिताभारि २४३ रन बनाएका थिए ।

अय्यरले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अस्ट्रेलियासँगको खेलमा ६२ बलमा ४५ रन र फाइनलमा न्युजिल्यान्डसँगको खेलमा ६२ बलमा ४८ रन बनाएका थिए । भारतले लगातार दोस्रो महिना उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार जितेको हो । गएको फेब्रुअरी महिनामा शुभमन गिलले यो पुरस्कार जितेका थिए ।

 
मंगलबार, ०२ बैशाख २०८२, १५ : २८

प्रतिक्रिया