काठमाडौं- एनसेल नेपाल सुपर लिग (एनएसएल) अन्गर्गत मंगलबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई २–० को अन्तरले हराउँदै पोखरा थन्डर्स एफसी प्लेअफमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंशगालामा पोखरालाई जित दिलाउन आयुश घलान र विलियम बियासीले गोल गरेका हुन् ।
खेलको १०औँ मिनेटमा आयुशको गोलमार्फत पोखराले अग्रता लिएको थियो । बियासीले ५९औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
जितसँगै ६ खेलमा आठ अंक जोडेको पोखरा तेस्रो स्थानमा उक्लिएको छ । पाँचौँ हारसँगै समान खेलबाट एक अंक मात्र जोडेको बुटवल पुछारमा रह्यो ।
पोखरा प्लेअफमा प्रवेश गर्ने तेस्रो टोली हो । यसअघि ललितपुर सिटी र धनगढी एफसीले प्लेअफमा स्थान बनाइसकेका छन् ।
प्रतिक्रिया