आईपीएल क्रिकेटमा आज दिल्ली र राजस्थान खेल्दै

बुधबार, ०३ बैशाख २०८२, १२ : ५७

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् ।

यो खेल दिल्लीमा बेलुका पौने ८ बजे शुरू हुनेछ । दिल्ली ५ खेलमा ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । राजस्थान ६ खेलमा ४ अङ्कसहित आठौं स्थानमा छ । आईपीएल क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म २९ खेल भएकोमा राजस्थानले १५ र दिल्लीले १४ खेलमा जितेको छ ।

बुधबार, ०३ बैशाख २०८२, १२ : ५७

प्रतिक्रिया