एनसेल एनएसएलः ललितपुर र झापाको खेल बराबरी सकियो

विहीबार, ०४ बैशाख २०८२, १० : ५०

काठमाडौं- एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत ललितपुर सिटी एफसी र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा दुवै टिमले १–१ गोल गरेका हुन् । यस खेलसँगै ६ खेलमा १२ अंक जोडेको ललितपुर शीर्ष स्थानमा उक्लिएको छ । जितविहीन बनेको झापाले समान खेलबाट पाँच अंकका साथ छैटौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

ललितपुरका लागि नवीन लामा र झापाका लागि कप्तान लाकेन लिम्बूले गोल गरे । खेलको ५४औँ मिनेटमा नवीनको गोलमार्फत ललितपुरले पहिलो अग्रता लिएको लियो । त्यसपछि खेल ६५औँ मिनेटमा लाकेन गोल गर्दै झापालाई बराबरीमा ल्याए ।

प्रतियोगितामा आज चितवन र धनगढीबीच प्रतिस्पर्धा हुनेछ ।  

विहीबार, ०४ बैशाख २०८२, १० : ५०

प्रतिक्रिया