काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार ९०० रुपैयाँले बढेको हो । यससँगै मंगलबार छापावाल सुन तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । सोमबार तोलामा १९ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा १९ सय ७० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया