काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो । यससँगै मंगलबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १९ सय ७० रुपैयाँ कायम भएको चाँदी आजपनि सोही मूल्य कायम भएको हो ।
प्रतिक्रिया