सुन मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार, १७ बैशाख २०८२, १० : ४४

काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो। यससँगै बुधबार छापावाल सुन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । मंगलबार तोलामा १९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १९ सय ६५ रुपैयाँ कायम भएको हो।

बुधबार, १७ बैशाख २०८२, १० : ४४

प्रतिक्रिया