सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विहीबार, १८ बैशाख २०८२, १० : ५५

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँ घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य भने ५० रुपैयाँले घटेको छ । यससँगै बुधबार तोलामा १९ सय ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १९ सय १५ रुपैयाँ कायम भएको छ । 

विहीबार, १८ बैशाख २०८२, १० : ५५

प्रतिक्रिया