रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधिमार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास

विहीबार, १८ बैशाख २०८२, १२ : ३१

काठमाडौं- सरकारले रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधिमार्फत सोझै सम्पर्क गराउने लक्ष्यका साथ https://shramsansar.gov.np/ पोर्टल सञ्चालनमा ल्याएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने जानकारी दिएका छन् । 

एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुवै समस्यालाई समाधान गर्ने लक्ष्यका साथ यो पोर्टल ल्याइएको ओलीको भनाइ छ । 

विहीबार, १८ बैशाख २०८२, १२ : ३१

प्रतिक्रिया