प्रभु इन्स्योरेन्समा विभिन्न पदमा रोजगारीको अवसर

विहीबार, १८ बैशाख २०८२, १३ : ०१

काठमाडौं- प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। 

कम्पनीले चार्टर्ड एकाउन्टेन्टका लागि दुई जना र अफिसर सिनियर अफिसर एएम डीएमका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले केन्द्रीय कार्यालय तथा आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । 

चार्टर्ड एकाउन्टेन्ट पदका लागि सीए पास गरेको र कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। 

त्यस्तै, अफिसर, सिनियर अफिसर, एएम वा डीएम पदका लागि कम्तीमा स्नातक तह पास गरेको हुनुपर्नेछ। बीमा बजार व्यवस्थापनमा अनुभव, कम्प्युटर र इन्टरनेटको ज्ञान भएकोलाई प्राथमिकता दिइने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले वैशाख २३ गतेभित्र आवेदन दिन सक्नेछन् । 

विहीबार, १८ बैशाख २०८२, १३ : ०१

प्रतिक्रिया