राजस्थानलाई हराउँदै मुम्बई आईपीएलको शीर्ष स्थानमा

शुक्रबार, १९ बैशाख २०८२, ०९ : २९

काठमाडौं– इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई एक सय रनले पराजित गरेको छ । हिजोको खेलमा मुम्बईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर एक बलमा १ सय १७ रनमा अलआउट भयो ।

राजस्थानका लागि बलर जोफ्रा आर्चरले ३० रन बनाए । मुम्बईका लागि करण शर्मा र टेन्ट बोल्टले ३–३ तथा जसप्रित बुमराहले २ विकेट लिए । त्यसअघि जयपुरको स्वामी मानसिंह स्डेडियममा राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो ।

ओपनर रायन रिकल्टले ६१ रन र रोहित शर्माले ५३ रन बनाए । राजस्थानका महेश थीक्षाना र रियान परागले समान एक विकेट लिए । जीतसँगै मुम्बई ११ खेलमा १४ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । ११ खेलमा ६ अंकका साथ आठौं स्थानमा रहेको राजस्थानको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।

आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स  र सनराइजर्स हैदराबाद खेल्दैछन् । 

 
 
शुक्रबार, १९ बैशाख २०८२, ०९ : २९

प्रतिक्रिया