कर्णालीमा ७७१.३६ किलोमिटर सडक कालोपत्र

शुक्रबार, १९ बैशाख २०८२, १० : ५२

काठमाडौं- कर्णालीका १० जिल्लामा संघीय सरकार मातहत रहेको सडक विभागमार्फत ७५ वटा सानाठूला सडकको काम भइरहेको छ। ठूला सडकदेखि मझौला सडक कर्णालीमा सडक डिभिजन तथा योजना कार्यालयहरूले निर्माण गरिरहेका छन्।


दुई हजार २१८.२९ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएकामा हालसम्म ७७१.३६ किलोमिटर सडकमा कालोपत्र भएको छभने दुई सय ६४ किलोमिटर ग्राभेलको काम भएको छ । कच्ची सडक ६७६.५ किलोमिटर निर्माण भएको कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए। 

उनका अनुसार चालु आर्थिक वर्षमा १३.२४ किलोमिटर सडक निर्माण जारी छ। प्रदेशभर ५४७.६४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य रहेको छ। मध्यपहाडी राजमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोर, राप्ती लोकमार्गको कर्णाली भेगलगायत सानाठूला सडकमा रहेका सबै टुक्रे योजनालाई जोडिएको छ।


थाचर–शीतल पकारी २१.९८ किलोमिटर, मुसिकोट चौरजहारी ३८ दशमलव ३५ किलोमिटर, चौरजहारी–कुदु २.६६, जाजरकोटको कुदुबाट थलहसम्म ५०.८६ किलोमिटर, थलहबाट बडावनसम्म १२.४६, वडावनबाट सुयाडासम्म २२.१७, सुयाडा–मनघाट ११.६४, मनघाट–सेस्तडा ६.४८, बेस्तडा–लोहरे १३.१७, लोहरे–दुईखम्बे ११.१८, दुईखम्बे–नारायण दैलेख ०.५३, नारायण–रावतकोट १६.१५, रावतकोट–लैनचौर १३.३०, लैनचौर–शाहीज्यूला ३३.१९, शाहीज्यूला–बेलकोट २.२५ र जलेखर्क–बागचौर १२.१६ किलोमिटर सडकमा काम भइरहेको छ।

त्यसैगरी, शीतलपाटीबाट सल्यान खलंगा बजारसम्म ९.८३, खलंगा बजारबाट बालुवासङ्ग्रहीसम्म ३०.९३, सुर्खेतको बोटेचौरबाट धुलियाँविटसम्म ३८.९३, बडीचौरबाट गुटुबजारसम्म ३१.६२ किलोमिटर सडकमा काम भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिए। 

गुटुबजारबाट बिनीसम्म ६३.१० किलोमिटर, बिजेनेटा–काल्चे २५.२० किलोमिटर, काल्चे–बोटेचौर १४.२७ किलोमिटर र राम्री–शीतलपाटी ३७.३६ किलोमिटर सडकमा काम भएको छ। शीतलपाटी–पटेलेचौर ४६.६६, पटेलचौर–खौउलापास ७.८४, खौउलापास–मुसिकोट ३१.४० किलोमिटर, सल्यानको थारमार्रेबाट रूकुमपश्चिमको चौरजहारीसम्म ४०.७५ किलोमिटर र चौरजहारीबाट चौरजहारी बजारसम्म २.५४ किलोमिटर सडकमा काम भइरहेको छ।

त्यस्तै संघ सरकारमताहात सडक डिभिजन जुम्लाबाट करर्कार्ने बुरू भेडा सडकमा ७५.०६ किलोमिटर, बुरू भेडाबाट टोप्लासम्म १३.०३ किलोमिटर, टोप्ला–कुडारी २२.८८, रिमनाबजार–बुलबुले ३४.५९ किलोमिटर, इमा–जुइना ४२.२८ किलोमिटर सडक निर्माण गरिएको छ। 

छिन्चुबाट भेरी पुलसम्म १९.०४ किलोमिटर, बोटेचौरबाट रैकरसम्म ९.९४ किलोमिटर, रैकर–पुल बजार १५.०५ किलोमिटर, पुलबजारबाट जाजरकोटको छेडागाडसम्म २३.८८ किलोमिटर, छेडागाड–कालेगाउँ ३६.९९, कालेगाउँ–त्रिवेणी ६८.८१ किलोमिटर, त्रिवेणी–दुनै ४०.४३, दुनै–मरिम १२० किलोमिटर सडकमा पनि काम भइरहेको छ। हर्रेबाट छिन्चुसम्म ११.७५, छिन्चु–नेवारी खोला २५.४०, नेवारीखोला–बाङ्गेसिमल ६.९९ र बाङ्गेसिमल–बड्डीचौर २७.११ किलोमिटर सडक संघ सरकारकै माताहातमा रहेको छ।

बडीचौरबाट काकाखोला गाउँसम्म १८.८९ किलोमिटर सडक रहेको छ । काकाखोला गाउँबाट साइनासम्म ६३.२८ किलोमिटर, बेलखेतबाट तिलेपाटासम्म २.६१ किलोमिटर, तिलोपाटाबाट सिराडीसम्म १८, सिराडी–खुलालु ४.१०, खुलालु–पातलीवडी ३६ किलोमिटर र बोल्डिक–धुलिया २० किलोमिटर सडक रहेको छ। 

धुलियाबाट सिमिकोटसम्म ८५ किलोमिटर, सिमिकोट–हिल्सा ९५, तेलपानी–बाङ्ग्रेसिमल २५ किलोमिटर सडक सङ्घ सरकारकै माताहातमा छ। माथिल्लो डुगेश्वरबाट पुराइनीसम्म ७.६२, पुराइनी–ताराघाट २५.३४ किलोमिटर, ताराघाट–महाबुधाम ३५ दशमलव ९२ किलोमिटर, महाबुधाम–तलशेरा २०.९७ किलोमिटर छ।

सुर्खेतबाट गुराँसे २३.५९ किलोमिटर, गुराँसे–बेलघारी ३२.५०, बेलघारी–दुईखम्बे ९.६९ किलोमिटर सडक छ । दुई खम्बेबाट पाल्ला कालीमाटी ५.३७ र पाल्लो कालिमटीबाट वडारसम्म ३६.०४ किलोमिटर सडक संघ सरकारको मताहातमा छ। 

वडारी–भैँसीगोठ ३८.५३, नाग्मा–बुलबुले ६५.६७, बुलबुले–गमगढी २४. ९७ किलोमिटर, गमगढी–नाक्चेलाग्ना ८९.५८ किलोमिटर सडक रहेको छ । दैलेखकको तल्लो डुर्गेश्वारबाट घियाटिडुसम्म २२.७० किलोमिटर, छेगतरा बजारबाठ पातीमेलासम्म ५४.१२ किलोमिटर, खुलालुबाट घोडेनासम्म २६.७७ किलोमिटर, घोडेनाबाट नाग्मासम्म ३९.७० किलोमिटर र नाग्माबाट जुम्ला खलङ्गासम्म ३२.१८ किलोमिटर सडक रहेको छ। 

यी सडकभित्र रहेको ७१७.३६ किलोमिटर कालोपत्र सडक विभागबाट प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा बुझाएको विवरणमा उल्लेख गरिएको छ। कर्णालीमा ५४७.६४ किलोमिटर कालोपत्र गर्ने योजना छ।

दुर्गम जिल्लामध्ये सबैभन्दा बढी जाजरकोटमा कालोपत्र भएको पाइएको छ। हुम्लामा अहिलेसम्म कालोपत्र नै भएको छैन । त्यस्तै डोल्पामा दुई किलोमिटर मात्र कालोपत्र भएको छ। जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी राजमार्गलगायतमा बढी कालोपत्र भएको छ। प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको तथ्याङ्कअनुुसार प्रदेशभर दुई सय ८२ वटा प्रदेश राजमार्ग तथा प्रदेश सडक छन् । प्रदेश राजमार्ग मात्र एक सय तीनवटा रहेका छन् भने प्रदेश सडक एक सय ७९ वटा छन्।

प्रदेश राजमार्गको सञ्जाल दुई हजार ८७७.३६ किलोमिटर रहेको छभने प्रदेश सडक सञ्जाल तीन हजार ८०.५१ किलोमिटर छ। मन्त्रालयको तथ्याङ्कानुसार प्रदेश सरकार स्थापना भएदेखि हालसम्म जम्मा दुई सय ३० किलोमिटर सडक कालोपत्र गर्ने काम भएको छ। 

यस्तै सात सय किलोमिटर खण्ड स्मिथ सडक र तीन हजार किलोमिटर कच्ची सडक खनिएको छ। यस्तै चार दर्जनजति सडक पुल निर्माण भई कर्णाली प्रदेशका लाखौँ जनता लाभान्वित भएको मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०७७र७८ देखि २०८०(८१ सम्म प्रदेशमा कुल तीन हजार ६३८.३७ किलोमिटर सडक सञ्जाल विस्तार भएको छ। तथ्याङ्कानुसार ७९ वटा स्थानीय तह रहेको कर्णालीका तीनवटा स्थानीय तहमा सडक सञ्जाल पुगेको छैन। त्यस्तै, हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन। छयालीस स्थानीय तहको केन्द्रसम्म कालोपत्र सडक नै बनेको छ। सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, रूकुमपश्चिम, सल्यानका सडकमा कालोपत्र बढी भएको छ। -रासस

शुक्रबार, १९ बैशाख २०८२, १० : ५२

प्रतिक्रिया