सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, १९ बैशाख २०८२, ११ : ०९

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कायम भएको छ । बिहीबार ४ हजार ६०० रुपैयाँले घटेर १ लाख ८३ हजार ५०० रुपैयाँमा कायम भएको सुनको मूल्य शुक्रबार स्थिर रहँदै सोही मूल्य कायम भएको हो । 

यस्तै चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । यससँगै बिहीबार तोलामा १९ सय १५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार प्रतितोला १९ सय ३० रुपैयाँ कायम भएको छ 

शुक्रबार, १९ बैशाख २०८२, ११ : ०९

प्रतिक्रिया