काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स (सीएसके) बीच खेल हुँदैछ । आजको खेल बेंगलुरुमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरू हुनेछ ।
बेंगलुरु १० खेलमा १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान १० खेलमा ४ अंक मात्र बनाएको चेन्नई तालिकाको पुछारमा रहेको छ । चेन्नई यसअघि नै प्लेअफको यात्राबाट बाहिरिई सकेको छ ।
प्रतिक्रिया