सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, २२ बैशाख २०८२, १० : ५९

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो। यससँगै सोमबार सुनको मूल्य  प्रतितोला १ लाख ८४ हजार ६०० कायम भएको छ। यसअघि आइतबार सुनको मूल्य १ लाख ८४ हजार १०० कायम भएको थियो। 

यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। यससँगै आइतबार प्रतितोला १९ सय १० रुपैयाँ रहेको चाँदी सोमबार पनि सोही मूल्य कायम भएको हो । 

सोमबार, २२ बैशाख २०८२, १० : ५९

प्रतिक्रिया