काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको हो । यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । सोमबार तोलामा १९ सय १० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १९ सय ६५ रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया