काठमाडौं- सम्पदा लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै संस्थामा सिइओ आवश्यकता भएको जानकारी दिएको हो ।
आवेदन दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तिय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामिण विकास, कृषि, समाजशास्त्र वा कानुन विषयमा स्नातक तह पास गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
त्यसका साथै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको कार्यकारिणी तहमा कम्तीमा ५ वर्ष वा व्यवस्थापकीय तहमा रही १० वर्ष हासिल गरेको हुनुपर्नेछ । उक्त पदका लागि ६० वर्षभन्दा कम उमेर भएकाले आवेदन दिन सक्नेछन् ।
ईच्छुक व्यक्तिले वैशाख ३० गतेभित्र कार्यालय समयमा आवेदन दिन लघुवित्तले आग्रह गरेको छ ।
प्रतिक्रिया