काठमाडौं- विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । लघुवित्तले मंगलबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
संस्थाले अनुगमन अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर र सूचना प्रविधि विभागमा कनिष्ठ अधिकृत लगायतका पदहरुमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेद्वारहरुले सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।
इच्छुक उम्मेद्वारले सूचना प्रकाशित मितिले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको आधिकारीक इमेल मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।
प्रतिक्रिया