काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य बुधबार स्थिर रहेको छ । मंगलबार तोलामा १९ सय ६५ रुपैयाँ कायम भएको चाँदी बुधबार पनि सोही मूल्य कायम भएको हो ।
प्रतिक्रिया