डिजिटल भुक्तानीलाई थप सहज बनाउन समृद्धि फाइनान्समा अडियो क्यूआर सेवा सुरु

बुधबार, २४ बैशाख २०८२, १२ : ०३

काठमाडौं- समृद्धि फाइनान्स लिमिटेडले बिट्स क्राफ्ट प्रालिसँगको सहकार्यमा अडियो क्यूआर सेवा सुरु गर्ने भएको छ। 

यस सेवा अन्तर्गत क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्दा “Payment Successful” भन्ने अडियो सन्देश तुरुन्तै बजिनेछ, जसले व्यापारी र ग्राहक दुवैलाई तत्काल भुक्तानी पुष्टिको जानकारी दिनेछ।

सम्झौतामा समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरे र बिट्स क्राफ्टका व्यवसाय विकास प्रबन्धक सुन्दर थापाले हस्ताक्षर गरेका छन्।

क्यूआर स्क्यानपछि साउन्ड बक्समार्फत आउने भ्वाइस मेसेजले मोबाइलमा मेसेज कुर्नुपर्ने झन्झट हटाउँदै रियल–टाइम पुष्टिकरण दिनेछ। यसले डिजिटल भुक्तानी प्रक्रियालाई अझ छरितो, सुरक्षित र भरपर्दो बनाउने अपेक्षा गरिएको छ।

समृद्धि फाइनान्सले डिजिटल वित्तीय सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको छ। हाल यस फाइनान्स कम्पनीले RTGS, IPS, Connect IPS, रेमिटान्स, क्लियरिङ, मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता विविध डिजिटल सुविधा उपलब्ध गराउँदै आएको छ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत सेवा दिँदै आएको छ।

अडियो क्यूआर सेवा मार्फत समृद्धि फाइनान्सले डिजिटल वित्तीय पहुँचमा नवीनता थपेको छ। यसले छरितो कारोबार, व्यवसायिक विश्वास र ग्राहक सन्तुष्टिमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

बुधबार, २४ बैशाख २०८२, १२ : ०३

प्रतिक्रिया