सानिमा बैंकमा रोजगारीको अवसर

बुधबार, २४ बैशाख २०८२, १३ : ०७

काठमाडौं- सानिमा बैंक लिमिटेडले इन्फरमेशन सेक्युरिटी पदमा कर्मचारी माग गरेको छ। बैंकले उक्त पदको अधिकृतदेखि वरिष्ठ अधिकृत तहसम्मका लागि कर्मचारी माग गरेको हो।

यसका लागि कम्प्यूटर विज्ञान वा सोसँग सम्बन्धित विषयमा मास्टर्स डिग्री गरेको हुनुपर्छ। साथै सीईएच, सिआईएसए, सिआईएसएसपी वा सिआईएसएममध्ये कुनै एक प्रमाणपत्र अनिवार्य गरिएको छ।

आवेदन दिनका लागि उम्मेदवारको उमेर ४० वर्ष ननाघेको र कम्तीमा पाँच वर्षको कार्यानुभव भएको हुनु पर्नेछ। 

इच्छुक व्यक्तिले आवश्यक कागजात सहित जेठ २ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ।

बुधबार, २४ बैशाख २०८२, १३ : ०७

प्रतिक्रिया