काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर र ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीको दमक, लालबन्दी, ओखलढुंगा, रसुवा र सितापाइल शाखा कार्यालयमा ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरिएको छ । साथै, कम्पनीले केही शाखा कार्यालयमा ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि प्लस टुदेखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।
इच्छुक उम्मेद्वारले आगामी जेठ २ गतेभित्र आवेदन दिनुपर्ने छ ।अनुभवी र क्षमतावना उम्मेद्वारलाई बढी प्राथमिकता दिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया