आईपीएल क्रिकेटमा आज कोलकाता र चेन्नई खेल्दै

बुधबार, २४ बैशाख २०८२, १३ : ४५

काठमाडौं–इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे इडेन गार्डेनमा शुरू हुनेछ ।

कोलकाता ११ खेलमा ११ अंकसहित तालिकाको छैटौं स्थानमा छ । चेन्नई समान ११ खेलमा चार अंकसहित तालिकाको पुछारमा छ ।

चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको छ ।गएराति भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई तीन विकेटले हराउँदै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । जीतसँगै गुजरातको ११ खेलमा १६ अंक भएको छ । चौथो स्थानमा रहेको मुम्बईको १२ खेलमा १४ अंक रहेको छ ।

 
 
बुधबार, २४ बैशाख २०८२, १३ : ४५

प्रतिक्रिया