काठमाडौं- मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विभिन्न शैक्षिक पदका लागि दर्खास्त आह्वान गरेको छ ।
विश्वविद्यालयले डिजिटल प्रविधि कार्यक्रम (कृत्रिम बौद्धिकता र डेटा विज्ञान) का लागि प्राध्यापक, सहप्राध्यापक, सहायक प्राध्यापक गरी चार जनाको दर्खास्त आह्वान गरेको हो ।
दर्खास्तका लागि कृत्रिम बौद्धिकता, डेटा विज्ञान, डेटा माइनिङ, मेसिन लर्निङ, डिप लर्निङ, कम्प्युटर भिजन, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ, इन्टरनेट अफ थिंस र अन्य समसामयिक प्रविधि क्षेत्रमा विशेषज्ञता हुनुपर्नेछ ।
यसमा नेपाली नागरिकसहित गैर आवासीय नेपाली तथा विदेशी नागरिकले समेत दर्खास्त दिन सक्छन् । विश्वविद्यालयको कर्मचारी प्रशासन नियमावली, २०८० र वित्तीय व्यवस्थापन नियमावली, २०८० अनुसार सेवा सर्त लागू हुने विश्वविद्यालयले जनाएको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले [email protected] मा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया