काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो ।
यस्तै चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले घटेको छ । यससँगै बुधबार तोलामा १९ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार १९ सय ५५ रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया