काठमाडौं- गोर्खाज फाइनान्स लिमिटेडले जेठ ९ गते साधारणसभा बोलाएको छ। यसअघि पुस २९ गते बोलाएको ३०औं वार्षिक साधारणसभा गणपूरक संख्या नपुगेर स्थगित भएको थियो ।
कम्पनीको वैशाख २४ गते बसेको सञ्चालक समितिको बैठकले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।
सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन।
सभा प्रयोजनार्थ कम्पनीले गत पुस १९ गते बुक क्लोज गरिसकेकाले पुस १८ गतेसम्म कायम सेयरधनीहरू सभामा भाग लिन सक्नेछन्।
प्रतिक्रिया