भारत-पाकिस्तान तनाव : आईपीएलका सबै खेल रद्द

शुक्रबार, २६ बैशाख २०८२, १३ : १५

 

काठमाडौं–भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ । पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।
 

 
 
शुक्रबार, २६ बैशाख २०८२, १३ : १५

प्रतिक्रिया