महिला टी–२० विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको जित

शनिबार, २७ बैशाख २०८२, १२ : १६

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित निकालेको छ । 

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई ९ विकेट हराएको हो । 

वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ ओभर २ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो । 

नेपालका लागि कविता कुँवरले १८ रन जोडिन् । यस्तै, सम्झना खड्काले १३, इन्दु वर्माले ७ रन बनाइन् ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको बहराइनले एक विकेट गुमाएर ४१ रन बनाएको थियो । बहराइनका लागि दिपिका रसंगिकाले ३४ रन बनाइन् ।

जितसँगै तीन अंक जोडेको नेपाल तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

नेपालले अब मंगलबार हङकङसँग खेल्ने तालिका रहेको छ ।

शनिबार, २७ बैशाख २०८२, १२ : १६

प्रतिक्रिया