काठमाडौं- डीएभी टोस्ट मास्टर्स क्लब र टोखा टोस्ट मास्टर्स क्लबले संयुक्त रूपमा वैशाख २७ गते टोस्ट मास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न गरेको छ । डीएभी कलेजमा प्रतियोगिता सम्पन्न भएको हो ।
लुगाज क्लोथिङ, स्किल स्क्वायर, ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्स, लहाना लन्चबक्स र तारा फुड्सको सहकार्य तथा डीएभी स्पोट्र्स एन्ड इभेन्ट क्लब र डीएभी मिडिया एन्ड प्रमोशन क्लबको समर्थनमा सम्पन्न उक्त प्रतियोगितामा ८ टोस्ट मास्टर्स क्लबहरूको सहभागिता रहेको थियो ।
दिनभर चलेको प्रतिस्पर्धी खेलहरूले उत्कृष्ट फुटबल कौशल देखाएसंगै टोस्ट मास्टर्स समुदायको आत्मीयता, नेतृत्वमूल्य र सहकार्यको भावना झल्काएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा जावलाखेल ओरेटर्स टोस्ट मास्टर्स क्लब विजेता हुन सफल भएको छ । अग्नि टोस्ट मास्टर्स क्लबको टिम अग्नि स्कर्पियन उपविजेता बन्न सफल भएको छ । कार्यक्रममा विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी दुवै फाइनलिष्ट टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट प्रदर्शनकर्ताहरू लुगाज क्लोथिङ र ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्सद्वारा विशेष ट्रफी तथा उपहार सहित सम्मानित गरियो । टिम रूस्लानका पृथम श्रेष्ठ ‘मोस्ट भ्यालुएबल पुरुष प्लेयर’ घोषित भए भने उनकी टिममेट ओजश्वी तिमिल्सिना ‘मोस्ट भ्यालुएबल महिला प्लेयर’ बन्न सफल भइन् । त्यस्तैगरी दत्ता पनेरूलाई ‘बेस्ट गोलकिपर’ को उपाधि दिइयो । टिम काठमाडौं नाइट्सका नवदिप खत्रीलाई सर्वाधिक गोलकर्ता घोषित गरिएको थियो ।
पुरस्कार वितरण समारोहमा डीएभी कलेजका समन्वय माधव अधिकारी, डिभिजन बी डाइरेक्टर निराजन श्रेष्ठ तथा स्किल स्क्वायरका प्रबन्ध निर्देशक निराज प्रधानको विशिष्ट उपस्थिति रहेको थियो । उनीहरूले उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र, र उपहार प्रदान गर्दै मेहनत र प्रतिभालाई सम्मानित गरिएको बताए ।
प्रतिक्रिया