रोहित शर्मापछि विराट कोहलीले पनि लिए टेस्ट क्रिकेटबाट सन्न्यास

सोमबार, २९ बैशाख २०८२, १२ : ३३

काठमाडौं- भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । कोहलीले सोमबार टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

टेस्ट क्रिकेटबाट सन्न्यास लिएका कोहलीले ओडीआई भने खेल्नेछन् ।

प्रतिभावन ब्याटरका रूपमा रहेका कोहलीले १२३ टेस्टमा ९२३० रन बनाएका छन् । यसक्रममा उनले ३० शतक र ३१ अर्धशतक बनाएका छन् । 

उनको उच्च स्कोर २५४ नटआउट रहेको छ । १४ वर्षमा उनले भारतका लागि ६८ टेस्टमा कप्तानी पनि गरेका छन् ।
 

सोमबार, २९ बैशाख २०८२, १२ : ३३

प्रतिक्रिया