काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार रुपैयाँले घटेको हो । यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँमा कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । यससँगै सोमबार १९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा १९ सय ७० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया