समृद्धि फाइनान्सको ११ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

मंगलबार, ३० बैशाख २०८२, १२ : ०४

काठमाडौं- समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ११ लाख ३५ हजार १६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको हो ।

सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले आफूले खरीद गरी लिन चाहेको सेयर विवरण खुलाएर सञ्चालक समितिमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

मंगलबार, ३० बैशाख २०८२, १२ : ०४

प्रतिक्रिया