मुक्तिनाथ कृषि कम्पनीको नाफासहितका अधिकांश सूचकांकमा वृद्धि

मंगलबार, ३० बैशाख २०८२, १२ : ३९

काठमाडौं- मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीले २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा २ करोड १२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानीमा ३०.०२ प्रतिशत वृद्धि भएको छ। यद्यपि, कुल नाफा भने १२.५८ प्रतिशतले र कुल आम्दानी ७.४७ प्रतिशतले घटेको देखिएको छ। त्यस्तै, कम्पनीको कुल खर्चमा १०.४७ प्रतिशतको गिरावट आएको छ।

नाफासँगै प्रतिकित्ता आम्दानी (ईपीएस) पनि सामान्यरूपमा वृद्धि भएको छ। यो रकम २२ पैसाले बढेर ४ रुपैयाँ २८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिकित्ता नेटवर्थ ९८ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३७७.२४ गुणा रहेको छ।

मंगलबार, ३० बैशाख २०८२, १२ : ३९

प्रतिक्रिया