बाढीका कारण अवरुद्ध बीपी राजमार्ग १६ घण्टापछि खुल्यो

मंगलबार, ३० बैशाख २०८२, १३ : ५३

काठमाडौं- सोमबार वर्षापछि आएको बाढीले अवरुद्ध बीपी राजमार्ग खुलेको छ । 

सोमबारबाट अवरुद्ध राजमार्ग मंगलबार साढे १२ बजेबाट सञ्चालनमा ल्याएको हो । हाल अस्थायी डाइभर्सन बनाएर यातायात चल्न सक्ने बनाइएको छ । 

राजमार्गको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध भएको थियो ।

मंगलबार, ३० बैशाख २०८२, १३ : ५३

प्रतिक्रिया