अमेरिकी डलरको भाउ फेरि घट्यो, अन्य विदेशी मुद्राको मूल्य कति ?

बुधबार, ३१ बैशाख २०८२, ०७ : १९

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ। आज डलरको भाउ १ को खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा छ।

यसैगरी आज युरो १ को खरिददर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा छ। त्यस्तै आज यूके पाउन्ड स्ट्रर्लिङ १ को खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा छ।

त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा छ। यस्तै कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा छ।

आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९९ पैसा छ।  जापानी येन १० को खरिदर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर 
३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २९ पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९९ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
 

बुधबार, ३१ बैशाख २०८२, ०७ : १९

प्रतिक्रिया