फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

विहीबार, ०१ जेठ २०८२, १० : २९

काठमाडौं- फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

संस्थाले विद्यमान संस्थापक सेयरधनीका लागि सेयर बिक्री गर्न लागेको जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ।

संस्थाले तोकिएको यस समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

विहीबार, ०१ जेठ २०८२, १० : २९

प्रतिक्रिया