काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३५ सय रुपैयाँले घटेको हो। यससँगै बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा ११ लाख ८५ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ। बुधबार तोलामा १९ सय ६० रुपैयाँ कायम भएको चाँदी बिहीबार १९ सय २५ रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया