सुनको मूल्य फेरि ह्वात्तै बढ्यो, तोलाको कति पुग्यो ?

शुक्रबार, ०२ जेठ २०८२, १० : ५१

काठमाडौं- आज(शुक्रबार) नेपाली बजारमा मूल्य उच्चरुपमा बढेको छ । आज सुन प्रतितोला तीन हजार पाँच सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार  छापावाल सुनको मूल्य तोलाको  एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन एक लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका आज चाँदीको मूल्य पनि बढेको छ । अनुसार आज चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी एक हजार ९२५रुपैयाँमा कारोबार भएको थियो । 

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५८ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६६७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

शुक्रबार, ०२ जेठ २०८२, १० : ५१

प्रतिक्रिया