काडमाडौं– भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजदेखि पुनः सुरु हुँदैछ ।
आतंककारी समूहले कश्मिरको पहलगाममा गरेको हमला स्वरुप भारतले ‘अप्रेसन सिन्दुर’ सुरु गरेपछि जारी आईपीएल मे ८ देखि रोकिएको थियो । भारत र पाकिस्तानबीच तनाव व्यवस्थापन भइ युद्धबिराम भएपछि पुनः आईपीएल सुरु हुन लागेको हो ।
आज रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्स (केकेआर) बीच प्रतिस्पर्धा हुँदैछ । खेल बैंगलुरुमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
बैंगलुरु ११ खेलबाट १६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदा १२ खेल खेलेको कोलकाता ११ अंकका साथ छैटौं स्थानमा छ ।
यसअघि ८ मे का लागि धर्मशालामा हुने भनिएको पन्जाब किंस र मुम्बई इन्डियन्सबीचको खेल २४ मे मा हुने भएको छ ।
प्रतिक्रिया