सुनको मूल्य घट्यो, चाँदी स्थिर

आइतबार, ०४ जेठ २०८२, १० : ४९

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । यससँगै आइतबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । यससँगै आइतबार चाँदीको मूल्य तोलामा १९ सय ४५ रुपैयाँ कायम भएको हो ।  

आइतबार, ०४ जेठ २०८२, १० : ४९

प्रतिक्रिया