काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै दुई पदमा कर्मचारी माग गरेको हो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभरी सञ्चालित १८ वटा शाखा कार्यालयको लागि शाखा प्रमुख र काठमाडौं उपत्यका र बाहिरका शाखा कार्यालयको लागि बजार अधिकृत पदमा केही कर्मचारी माग गरेको छ । सूचना अनुसार वित्तीय क्षेत्रमा काम गरेका अनुभवि उम्मेद्वारलाई बढी प्राथमिकता प्रदान गरिने छ ।
इच्छुक उम्मेद्वारहरुले आवश्यक कागजात संकलन गरी जेठ १८ गतेभित्र संस्थाको आधिकारीक इमेल मार्फत आवेदन दिन सकिने भएको छ ।
प्रतिक्रिया