काठमाडौं- एनआईसी एशिया लघुवित्तका कोशी, मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका ५ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
जेठ ३ गते भएको कार्यक्रममा मौवा शाखामा ४६, दुर्गाफाटमा ७१, चैनपुरमा ३८, खैरावानामा ४५, दुर्गौलीमा ५८ गरी जम्मा २५८ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, लघुवित्तका प्रदेश प्रमुखहरु, अनुगमन अधिकृतहरु, शाखाप्रमुखहरु लगायतको उपस्थिति थियो ।
सोहि दिन संस्थाले झापाको कमल गाउँपालिकामा रहेको सिद्धार्थ सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । ऐन्जल फाउन्डेसनको सहयोगमा चलेको शिविरमा काठमाडौंको सिभिल हस्पिटलबाट गएका तीन जना बरिष्ठ चिकित्सक सहित ९ जना टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । शिविरमा ४० जना भन्दा बढीले निःशुल्क सेवाको लाभ उठाउका थिए भने १६ जनाको ल्यावटेष्ट गरी सबैलाई निःशुल्क औषधि वितरण गरियो ।
ग्रामीण भेगमा रहेका निम्न वर्गीय समुदायका मानिसहरुलाई आर्थिक अभाव तथा विभिन्न कारणबाट उपचारबाट वञ्चित हुनबाट रोक्न संस्थाले उक्त शिविर सञ्चालन गरेको हो ।यसबाट ग्रामीण भेगका जनताको लुकेर बसेको रोग पहिचान गरि समयमा नै उपचार गर्नसहयोग पुग्ने विश्वास संस्थाले लिएको छ । साथै आगामी दिनहरुमा पनि यस्तै स्वास्थ्य शिविरहरु सञ्चालन गरी ग्रामीण भेगका जनतालाई सहयोग पु¥याउने प्रतिबद्धता संस्थाले गरेको छ ।
प्रतिक्रिया